पूजा मरियाको परिचय फेरिदै गीतकारबाट अब म्युजिक भिडियो निर्देशक पनि

1
139

नेपाली सुगम संगितमा राम्रा शब्द लेखेर सुगम गीतकार पूजा मरियाको परीचय अब गीतकारको रुपमा मात्र रहेन एक म्युजिक भिडियो निर्देशन गरेर अब नयाँ परीचय स्थापित गर्नु भएको छ। राम रुवालीको शब्द तथा बसन्त सापकोटाको संगित र मेलिना राईको स्वरमा रहेको गीतमा बोल स्वामी राजा को रहेको छ भने म्युजिक भिडियो निर्देशन पूजा मारियाले गर्नु भएको छ । सो म्युजिक भिडियोमा दिनेश कोइराला/ रिना न्यौपानेले अभिनय गरेका छन् ।

नेपाली महिलाहरुको महान पर्व तीजको मौलिकता झल्काउने यो गीतले सबै दिदी बहिनीहरुलाई छम छमी नचाउनेछ भन्ने कुरामा विश्वस्त छन यस गीतका सँगितकार बसन्त सापकेटा। यो तीज गीतको म्यूजिक भिडियो ईटहरिका टीमले निर्माण गरेका हुन।