ने बिसंघ द्वारा बिपी स्‍मृति दिवसको उपलक्षमा शान्ती बाटिकामा दिप प्रज्वलन, महाशिबेशन तोकिएकै समयमा हुन्छ – अध्यक्ष महर

0
162

नेपाल बिद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितीले आज साझ काठमाडौं रत्नपार्क स्थीत शान्ती बाटिकामा एक कार्यक्रम विच महानायक बिपी कोइरालाको ३५ औ स्‍मृति दिवसको उपलक्षमा दिप प्रज्वलन कार्यक्रम गर्‍यो । कार्यक्रमको प्रमुख अतिथी ने बि संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले कार्यक्रमलाई सम्बोधन गर्दै ने बि संघको केन्द्रिय अधिबेसन तोकिएको समयमै हुने कुरा बताउनु भयो ।अध्यक्ष महरले अबको बर्ष नेबिसंघको अधिबेशन र संघठन बिस्तारको बर्ष हुने बताउदै देशमा राष्ट्रियता र प्रजातन्त्रका बिरुद्ध आई पर्ने हरेक समस्याको नेबिसंघ डटेर सामना गर्ने बताउनु भयो ।
कार्यक्रममा नेबिसंघ महामन्त्री सरोज कुमार थापा, उपाध्यक्ष पुष्प कुमार शाही लगायतका नेबिसंघका केन्द्रिय नेताहरुको उपस्थीती रहेको थियो । बि पिको आदर्श युवा पुस्ताले बिर्शदै गएकाले अब ने बि संघले बि पिको आदर्श युवा पुस्तालाई सिकाएर नेपाली काङ्रेशको प्रजातान्त्रिक समाजबादको नारालाई सर्थक पारीने बताउनु भयो । कार्यक्रमको अध्यक्षता नेबिसंघ काठमाडौंका अध्यक्ष मनोज बैध्यले गरेका थिए ।