सिमेन्ट चोरको बिगबिगी

0
9

घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला । बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको छ । घर निर्माण गर्दा करिब २ सय बोराभन्दा बढी नै सिमेन्ट चाहिन्छ । जसअनुसार एउटा घरमा सय किलोसम्म ठगी हुँदै आएको जानकारहरु बताउँछन। 

दुई सिमेन्ट उद्योगको इजाजतपत्र निलम्बन

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको आरोपमा जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ ।  विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना सङ्कलन गरी परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा फरक भएकाले ती उद्योगका सिमेन्ट बिक्री–वितरणमा रोक लगाएको हो ।