हातले बम समातेर फाल्ने हवल्दार राना असईमा बढुवा

0
36

स्थानीय चुनावको क्रममा दाङको तुल्सिपुरस्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई असईमा बढुवा गरिएको छ । प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार उत्कृष्ट काम गरेवापत रानाको बढुवा भएको हो । हबल्दार रानाले जनधनको सुरक्षालाई ध्यानमा राखेर आफ्नो जीवनलाई नै दाउमा राखेका थिए । त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानाको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए । रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न हौसला दिएका थिए। गृहमन्त्री शर्माकै निर्देशनमा रानालाई बढुवा गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस