नयाँ शक्ति र फाेरमबीचकाे एकताकाे मिति ताेकियाे

0
14

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रुप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।

एकीकृत पार्टीको नाम टुंगो लागिनसके पनि नयाँ शक्ति फोरम हुने सम्भावना बलियो छ । अध्यक्षमा उपेन्द्र यादव, भट्टराई अधिकार सम्पन्न सवोच्च नेता र अशोक राई वरिष्ठ नेता रहने सहमति भइसकेको दुवैतिरको उच्च स्रोतले दाबी ग¥यो । आर्य खस, जनजाति र मधेसी क्लस्टर मिलाएर नेतृत्व निर्माण हुने फोरम स्रोतको भनाइ छ । तर भट्टराई र यादवले कुराकानी चलिरहे पनि पद बाँडफाँड गर्ने तहसम्म पुगिनसकेको जिकिर गरे ।

केही मिलाउन बाँकी छन्, तर समग्रमा कुरा मिल्नेतिर गइरहेको छ,’ नयाँ शक्ति संयोजक भट्टराईले भने, ‘बाहिर आएजस्तै पदै बाँडिसकियो भन्ने होइन, तर वैकल्पिक शक्ति बनाउने प्रयासमा दुवैतिरको नेतृत्व गम्भीर भएर लागेको छ ।