जुवा खेलिरहेको अवस्थामा लोक गायक बद्रि पंगेनी पक्राउ,पंगेनी छुटाउन नेकपा एमालेका अध्यक्ष के पि ओलीले गृहमन्त्री जनार्दन शर्मालाई फोन गरे

0
34

लोक गायक बद्रि पंगेनीलाई प्रहरीले काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवाको खालबाट जुवा खेलिरहेको अवस्थामा पंगेनी पक्राउ गरेको छ । प्रहरिले पङेनीलाई जुवाको खाल बाट उठाएपछि पंगेनी छुटाउन नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले गृहमन्त्री जनार्दन शर्मालाई फोन गरेका छन् ।

एमाले निकट गायक पंगेनीलाई प्रहरीले समाएको खबर पाउनेवित्तिकै ओलीले मन्त्री शर्मालाई फोन गरेका हुन् । गृहमन्त्रालय स्रोतका अनुसार ओलीले पंगेनीलाई तुरुन्त छाड्न मन्त्री शर्मालाई भनेका छन् । तर मन्त्री शर्माले भने घटनाबारे सत्यतथ्य बुझ्नेर मात्र कारवाही अगाडि बढाईने जवाफ फर्काएका छन् ।

त्यसअघि ओलीले गृहमन्त्रीसँग पंगेनी पक्राउ गर्नुको कारण सोधेका थिए । ‘कुन मान्छेलाई समाउने, कुन मान्छेलाई नसमाउने भन्ने कुरा ख्याल राख्दा राम्रो हुन्थ्यो’ ओलीको भनाई उदृत गर्दै गृहमन्त्रालय स्रोतले भन्यो, ‘पंगेनीलाई समाएर के गर्न खोजेको ?’ मन्त्री शर्माले अपराधिक कार्यमा संलग्न जोकोहीलाई प्रहरीलाई नछाड्ने बताउँदै घटनाबारे बुझ्नेर  मात्रै जवाफ फर्काईने  बताएका   छन् । बद्री पङेनीलाई छुटाउन केपी ओलीले मन्त्री शर्मालाई फोन गरेबाट जनता रुस्ट हुँदै सामाजिक सन्जालमा बिरोध गर्दै यस अघी पनि अपराधी छुटाउन एमाले र त्यसका अध्यक्ष लाग्ने गरेको भन्दै बिरोध गर्नेको जमात बढेको छ ।

छोटो समयमै लोक गायकको परिचय बनाउन सफल पंगेनीले इमेज, हिट्स, अन्नपुर्ण अवार्ड पाएका छन्। उनले राज्य जनसेवा श्री प्रबल चौंथो पनि प्राप्त गरेका छन्। उनको श्रीमती र एक छोरी छन्। सांगीतीक कार्यक्रमको लागि देश र विदेशमा निकै रुचाईने पंगेनीको पछिल्लो समय राजनीतिमा बढी झुकाव देखिएको थियो।

उनले स्थानीय तहको निर्वाचनका लागि एमाले समर्थनमा गीत नै गाएका थिए। दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष भएपछि उनले लोक गीतमा देखिएको बिकृति हटाउन प्रयत्न गर्ने बताएका थिए। तर उनीमाथि यस बिषयमा कुनै कदम नचालेको र लोक संस्कृतिको संरक्षणमा ध्यान नदिएको आरोप पनि लाग्नदै आएको छ। काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा पंगेनी पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस