जनमुक्ती पार्टीको एकदिने प्रशिक्षण सम्पन्न

0
9

राष्ट्रिय जनमुक्ती पार्टी निकट राष्ट्रिय महिला मोर्चा केन्द्रीय समितिको आयोजनामा नवलपरासीको बर्दघाटमा महिला कानुन र राजनिति सम्बन्धि एकदिने प्रशिक्षण बुधवार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष तथा अधिबक्ता बुद्धश्री लामाले महिलाहरु कानुनी र राजनैतिक दुवै हिसावले पछि परेको उल्लेख गर्दै महिला कानुन र राजनितिका सम्बन्धमा महिलाहरु सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्रिय महिला मोर्चा नवलपरासीकोब्यवस्थापनमा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष लिला राना, राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी राज्य परिषदका ईञ्चार्ज होमाया गुरुंग बर्दघाट नगर अध्यक्ष तारा राना लगायतले सहजीकरण तथा शुभकामना समेत ब्यक्त गर्नुभएको थियो । प्रशिक्षणमा एक सय बढि महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।