गर्मिले नवलपरासीको जनजीवन कष्ठकर बन्दै

0
26

विगत केहि दिन यता बढेको गर्मिले नवलपरासीको जनजीवन कष्ठकर बन्दै गएको छ । गर्मिका कारण किसान र निम्न स्तरका वर्गहरु काम गर्न नसक्ने अवस्थामा पुगेको सुस्ताका आदम हुसेन खाले बताउनुभयो । गर्मि बढ्ना साथ सेवा प्रदायक संस्था र कार्यालयहरुमा सेवागरहिको संखया घट्न थालेको बताइएको छ ।

गर्मिका कारण यात्रुवाहक बसहरुमा यात्रुको चाप पनि घटेको छ । गर्मि बढेर स्वास्थ्य चौकिहरुमा बिरामिको चाप बढेको छ भने स्वास्थ्य केन्द्रमा टाईफाई, झाडापखाला लगायत रोगको प्रकोप पनि बढेको सिमावर्ति गाउपालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन । त्रिवेणी कुडिया प्रतापपुर लगाएत गाउपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले गर्मिको समयमा घरबाहिर ननिस्कन र चिसो पेय पदार्थ पिउन सल्लाह दिएका छन । गर्मिका कारण शैक्षिक संस्थाहरुमा बिद्यार्थीहरुको उपस्थिती पनि ह्वात्तै घटेको शिक्षा क्षेत्रमा कार्यरतहरुले अधिकारिहरुले बताएका छन

प्रतिक्रिया दिनुहोस