उपप्रधानमन्त्री एवम शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र अष्ट्रेलियाको भिक्टोरिया प्रान्तका गर्भनर लिण्डा डेसाउ एसी बीच दुईपक्षीय भेटघाट

0
19

अष्ट्रेलिया भ्रमणमा रहनु भएका उपप्रधानमन्त्री एवम शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र अष्ट्रेलियाको भिक्टोरिया प्रान्तका गर्भनर लिण्डा डेसाउ एसी बीच तदअनुसार जुलाई १८ २०१७ का दिन दुईपक्षीय भेटघाट सम्पन्न भयो । उक्त भेटघाटमा उपप्रधानमन्त्री एवम शिक्षामन्त्री श्रेष्ठले विद्यालय क्षेत्र विकास कार्यक्रममा अष्ट्रेलियन सरकारले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठ भिक्टोरियामा रहेका गैरआवासीय नेपालीहरुसंग समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तरक्रियाका क्रममा गैर आवासीय नेपालीहरुले नेपालको शिक्षाको सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो । जिज्ञासालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको वर्तमान शैक्षिक अवस्था, शिक्षाको वर्तमान संरचना लगायत प्राविधीक शिक्षा र व्यवसायिक तालिमका संर्दभमा शिक्षा मन्त्रालयले अवलम्बन गरेको प्रयासहरुका बारेमा जानकारी गराउनुभयो । साथै उक्त अन्तरक्रियाका क्रममा श्रेष्ठले गैर आवासीय नेपालीलाई प्राविधिक र व्यवासायिक शिक्षा तथा तालिमका क्षेत्रमा नेपालमा लगानीमा अभिवृद्धि गर्दै त्यस क्षेत्रमा सीप तथा रोजगारीका अवसरहरु सिर्जना गर्ने सरकारको प्रयासमा सहयोगी बन्न समेत आग्रह गर्नुभयो ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालित सीप विकास परियोजनाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको प्रभावकारी व्यवस्था र निजी तथा सामूदायिक प्रशिक्षण केन्द्रहरुको व्यवस्थापनमा अन्तराष्ट्रिय स्तरमा भइरहेको पद्धतिको अध्ययन गर्न र नेपालमा त्यसको कार्यान्वयनको सम्भाव्यताका अध्ययनका लागि उप–प्रधानमन्त्री श्रेष्ठसहितको टोली गत शुक्रबार अष्ट्रेलिया गएको हो । मन्त्री श्रेष्ठसहितको टोली आइतवार स्वदेश फर्कने कार्यक्रम रहेको उपप्रधानमन्त्रीका स्वकिय सचिव चिरिन्जिवी भण्डारीले हाम्रो सेरोफेरोलाई बताउनुभयो ।