रूकुममा कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिको  हत्या

0
6

रूकुममा एक निर्वाचित जनप्रतिनिधिको हत्या भएको छ। पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ जाङकीको वडा सदस्यमा निर्वाचित दलित महिला सदस्य बयानसरी कामीको हत्या भएको हो।उनका श्रीमान  टेकबहादुर कामीले खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ। वयानसरी कामी गत असार १४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

राप्ती अञ्चल प्रहरी प्रमुख एवम् एसएसपी ज्ञान विक्रम शाहले मदिराले मातेका ३८ वर्षीय श्रीमान टेकबहादुर कामीले  घरायसी सामान्य विवादका कारण आफ्नै २७ वर्षीय श्रीमती एवम् नेपाली काँग्रेसवाट निर्वाचित वडा सदस्य वयानसरी कामीको खुकुरी प्रहार गरी हत्या गरेको जानकारी दिए।