नेपाली कांग्रेस वडा नम्बर ४द्वारा सुकुम्बासी बस्तीका बाढि पीडितलाई राहत बितरण

0
15
नेपाली कांग्रेस वडा नम्बर ४ ईकाईले पोखरा ४ स्थित टुडाकाे पाटनमा रहेकोे सुकुम्बासी बस्तीका बाढि पीडितलाई राहत बितरण गरेको छ । ७ घरपरिवारलाई चामल ,नुन ,तेल लगायतका सामाग्री बितरण गरेको हो ।राहत वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस वडा नम्बर ४ का ईकाई सभापति गोबिन्द पराजुलीले नेपाली कांग्रेस जनताको पार्टी भएकोले जनता को हरेक सुख दुखमा साथ दिने बताए साथै राहतको कार्येक्रम आगामी दिनमा जारी राख्ने बताए ।उक्त कार्यक्रममा ने .का कास्कीका अग्रज नेता राजेन्द्र निधि कोइराला ,वडा सदस्य सुबर्ण केसि ,समाजसेबि बालगोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको ईकाई सभापति पराजुलीले जानकारी दिए ।