आज गुरु पुर्णिमा 

0
5

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मान प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस