बिराटनगर महानगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसको कब्जा

0
4

बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् । मेयरमा विजयी पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७३२१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आएका छन् ।

मेयरमा विजयी पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७३२१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आएका छन् ।उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले मत पाइन् । चौधरीलार्इ एमालेले सघाएको थियो  ।

महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जनले जितिसकेका छन् । काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ । चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस