गणितीय हिसाबले हार भएपनी नेपाली काङ्रेशका तर्फका मेयरका उमेदवार जनताको मनमा बस्न भने सफल

0
4

चुनावमा गणितीय हिसाबले हार भएपनी नेपाली काङ्रेशका तर्फका मेयरका उमेदवार जनताको मनमा बस्न भने सफल भएका छन् ।बुटवल उपमहानगरको मेयर पदका उम्मेदवार खेलराज पाण्डेले गणितीय हिसाबले आफू उपविजेता बनेपनि बुटवलको विकासमा विजयी उम्मेदवार सरह सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन्।  बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी कांग्रेस नेता पाण्डेले चुनावमा प्राप्त झण्डै २१ हजार मतले आफूलाई आगामी ५ वर्ष अझ बढी सक्रिय भएर जनताको काममा लाग्न उत्साहित बनाएको बताए ।

कांग्रेस नेता पाण्डेले अब छाँया जनप्रतिनिधिका रुपमा काम गर्ने कुरा पत्रकार भेट कार्यक्रममा बताए । पहिले भन्दा बढी सक्रिय भएर काम गर्ने भन्दै उनले भने, ‘आउँदो चुनावसम्म बुटवललाई कांग्रेसको गढकै रुपमा विकास गर्छु ।’उनले बुटवल उपमहानगरपालिका सबै जनताको साझा थलो भएको भन्दै कुनै राजनीतिक दलको छाँया र गन्ध आउन दिन नहुनेमा जोड दिए । चुनावमा भएको पराजयको कारण पार्टीभित्रको अन्तर्घात हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा पाण्डेले विना आधार र प्रमाण कसैलाई दोष दिने पक्षमा आफू नभएको बरू उम्मेदवार भएका कारण आफैभित्र कमी कमजोरी खोज्ने धारणा राखे । पाण्डेले चुनावका क्रममा सक्रिय पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक लगायत सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस