दार्जीलिङ र सिक्किमका पहाडमा पश्चिम बंगाल सरकारले गरेको नाकाबन्दीको सर्वत्र विरोध 

0
5

पश्चिम बंगाल सरकारले गरेको नाकाबन्दीको सर्वत्र विरोध भएको छ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङदेखि पश्चिम बंगालका कम्युनिष्ट नेताहरुले समेत नाकाबन्दीको विरोध गरेका छन् । दार्जीलिङका प्रायः सबै राजनीतिक पार्टीहरुले नाकाबन्दीको विारेध गर्दै यसलाई मानवताविरोधी कार्य भनेका छन् । 

भारतले दार्जीलिङ र सिक्किमका पहाडमा सिमेन्ट, फलामका रड आदि सामाग्रीहरु पठाए पनि खाद्यान्नको ढुवानीमा नाकाबन्दी लगाएको छ । खाद्यान्न रोकेर भोकै मार्न खोजेको भन्दै पहाडका जनता आक्रोशित हु्न थालेका छन् । प्रहरी प्रशासनले सिलिगुढीबाट दार्जीलिङ, सिक्किम लगायतका पहाडतर्फ जाने सडकमा ब्यारिकेट लगाएर सवारी साधनहरु रोकेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । प्रहरीले मंगलबारदेखि यसरी खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाएको हो । सिमेन्ट, रड र ईंटाको ढुवानीमा रोक नलगाइएको तर खाद्यान्न बोकेका गाडीहरु छिर्न नदिइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

खाद्यान्न बोकेर सिक्किमतिर लागेका केही सवारी साधनलाई सिलिगुडी प्रहरीले बाटैबाट फकाईदिएका छन् । नाकाबन्दीका कारण सिक्किममा भारतविरोधी भावना बढ्न थालेको छ । आफ्नै राज्यका बासिन्दामाथि दैनिक उपभोग्य सामाग्रीमाथि नाकाबन्दी लगाएर भोकै पार्न थालिएपछि सिक्किममा मुख्यमन्त्री पवन चाम्लिङसमेत आक्रोशित भएका छन् । मुख्यमन्त्री चाम्लिङले स्याडवीच हुनका लागि सिक्किम भारतमा गाभिएको होइन भन्दै आफूहरुमाथि भारतले पेल्ने काम गरिरहेको गुनासो गरेका छन् । बुधबार नाम्चीको चिसोपानीमा मुख्यमन्त्री पवन चाम्लिङले एएटा कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा भारतीय नाकाबन्दीको चर्को विरोध गरे ।

श्रोत: एजेन्सी

प्रतिक्रिया दिनुहोस