झन्डै दुर्घटनामा यती एयरको बिमान 

0
10

यति एयरलाइन्सको जहाज बिहीबार पोखरामा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट पोखराका लागि यात्रु लिएर गएको ६०७-नाइन एन एजेसी कलसाइनको यति एयरलाइन्सको जेट विमान पोखरा विमानस्थलमा अवतरणको क्रममा ठूलो दुर्घटनाबाट जोगिएको हो । विमान अवतरणको क्रममा दिउँसो १ बजेर १८ मिनेटमा जहाजको नोज हृविल लक भएपनि कुनै क्षति नभएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले बताउनु भयो । । ‘विमान ल्याण्ड हुनेवित्तिकै विमानको नोज हृविल लक भयो, जसका कारण विमान दायाँ/बायाँ मोड्न मिलेन । तर, क्षति भने केहीपनि भएन ।’गुरागाईंले  हाम्रो सेरोफेरो लाई बताउनु भयो । 

रन-वे मै विमानको नोज हृविल लक भएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन सकेन । जसका कारण काठमाडौंबाट आएको विमान पुनः काठमाडौं र्फकनुपरेको थियो । अहिले भने पोखराकै प्राविधिक टोलीले मर्मत गरेर विमानलाई रन-वे बाट हटाएर विमानस्थल सञ्चालनमा ल्याइएको विमानस्थल प्रमुख गुरागाईंले जानकारी दिनु भएको छ ।