लुम्बिनी सांस्कृतिक नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी

0
10

विश्वसम्पदा सूचिमा सूचिकृत लुम्बिनी सांस्कृतिक नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार (शंख चुनाव चिन्ह) विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका मनमोहन चौधरी (कन्हैयाबावु) ले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् । आन्दोलनमा रहेको राजपाका जिल्ला स्थरिय नेताहरु ले भने दोस्रो चरणको चुनावमा भाग लिएका छन् ।

उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् । लुम्बिनी सांस्कृतिक नगर रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिका पछिको मुख्य नगरी समेत हो ।