ने बि संघ अध्यक्ष महरको गृह क्षेत्रमा ने बि संघ केन्द्रिय सदस्य गाउँपालिकाको अध्यक्षमा बिजयी

0
600

डढेल्धुरा जिल्ला यसै पनि राष्ट्रिय राजनितिमा चर्चामा आईरहने जिल्ला हो त्यस माथि स्थानिय चुनावमा देशको प्रधानमन्त्रीको जिल्ला प्रधानमन्त्रीको आफ्नो जिल्लामा कस्तो नतिजा आउँदैछ भनेर पनि चर्चामा रहेको छ । तर आज अर्को कुराले पनि चर्चा थपिएकोछ त्यो हो भागेस्वर गाउपालिका जुन नेबि संघ केन्द्रिय अध्यक्ष नैनसिंह महर ज्युको गृह क्षेत्र हो जहाँ भागेस्वर गाउपलिकाको प्रमुखमा नेपाली काङ्ग्रेसको तर्फबाट ने बि संघकि केन्द्रिय सदस्य कौसिला भट्ट र उपप्रमुखमा नेपाली काङ्ग्रेसकै पदम बोहरा ज्यु अत्यधिक बहुमतका साथ बिजयी हुनुभएको छ । ने बि संघ अध्यक्ष महको कार्यसमितीमा रहेका बिद्यार्थी नेताहरुले टिकट पाएका मध्ये प्रायले जित हासिल गरेका छन् ।
नैनसिंह महरले ने बि संघको नेत्रीत्व सम्हाले देखी नेबिसंघले स्वबियु चुनावमा देशकै पहिलो बिद्यार्थी संगठनको रुपमा स्थापित भए सँगै स्थानिय चुनावमा पनि सो कमिटिका सदस्यहरुले जित हासिल गर्नुमा नेपाली राजनितिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस