बाजुरा छेडेदह गाउँपालिका कांग्रेसको अध्यक्ष,उपाध्यक्ष  विजयी, ओलीको गृहनगरमा विवाद

0
15

बाजुराको छेडेदह गाउँपालिका कांग्रेस विजयी भएको छ। नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नरबहादुर राउतले ३ हजार ७ सय ५ मत ल्याएर विजयी भएका छन्। त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार कुन्ती बुढा सावदले विजय भएकी छन्। यो सँगै कांग्रेसले चार वटा स्थानीय तह जितेको छ। एमालेले ३ तथा माओवादी केन्द्रले १ तह जित हासिल गरेको छ।

यता झापाको दमक नगरपालिकास्थित वडा नम्बर एक ओलीको गृहनगरमा विवाद भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भए पनि जिल्ला निर्वाचन आयोगका पदाधिकारीहरुको मिलेमतोमा आफूहरुलाई हराउने योजना बनेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय कार्यकर्ता आक्रोशित भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर मानिएको यो ठाउँमा सुरुमा राप्रपाको उम्मेद्वारले चुनाव जितेका थिए। तर, मतगणना चित्तबुझ्दो नभएको भन्दै एमालेका पदाधिकारीले पुनः मतगणना गर्न दबाब दिएका थिए। पुनः मतगणना हुँदा दुवैतर्फका उम्मेदबार राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा एमालेका हरि न्यौपानेले बराबर ८ सय १ मत खसेको निर्वाचन आयोगले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस