प्रधानमन्त्री देउवाको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी-रुपन्देहीमा कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

0
11

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

९१५ मत ल्याएर वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे । यस्तै दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुल्ला सदस्यमा हरिसिंह देउवा र हेमराज अवस्थी विजयी भए ।

रुपन्देहीमा कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

यस्तै जिल्लाको २ स्थानिय तह मर्चवारी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार अग्रस्थानमा रहेको छन् । राप्रपा जिल्लाको एक तह ओमसतिया गाउँपालिकामा झिनो मतले लिड गरिरहेको छ । समाचार तयार पर्दासम्म एमालले यस उपमहानगरमा २०१७ मत प्राप्त गरेर फराकिलो मतान्तरले अग्रस्थानमा छ भने  काँग्रेसले बुटवल उपमहानगरको मेयरमा १६१० मत प्राप्त गरेर दोस्रोमा स्थानमा रहेको छ । तिलोत्तमा नगरपालिकामा काँग्रेसले मेयर पदमा ५ सय २४ मत प्राप्त गरेर अग्रस्थानमा रहेको छ भने ४ सय ९८ मत प्राप्त गरेर एमाले दोस्रो स्थानमा छ ।

त्यस्तै देवदह नगरपालिकाको मेयरमा ४ सय १६ मत प्राप्त काँग्रेसले अग्रता लिएको छ भने ३ सय ३२ मत प्राप्त गरेर एमाले दोस्रो स्थानमा छ । सिद्धार्थनगरपालिकाको मेयरमा काँग्रेसले मतगणना भएदेखि नै अग्रस्थानमा रहेको छ । काँग्रेस मेयरमा ४ सय २३ मत प्राप्त गरेर झिनो मत पहिलो स्थानमा छ भने एमालेले ४ सय १७ मत प्राप्त गरेर दोस्रो स्थानमा छ । मधेसी सामुदायको बाहुल्यता क्षेत्र रहेको सम्मरीमाई गाउँपालिकामा पनि काँग्रेस अग्रस्थानमा रहेको छ । सैनामैना नगरपालिकामा एमालेले मेयर पद सहित अधिकांश पदमा फराकिलो मत अग्रस्थानमा रहेको छ । त्यस्तै कंचन गाउँपालिकाको अध्यक्ष पदमा एमालेले एक हजार ३ सय ४० मत प्राप्त गरेर पहिलो स्थानमा छ भने एक हजार एक सय ६५ मत प्राप्त गरेर काँग्रेस गाउँपालिकाको अध्यक्ष पदमा दोस्रो स्थानमा रहेको छ ।

सियारी गाउँपालिकामा अध्यक्ष पदमा १ सय ८७ मत प्राप्त गरेर पहिलो स्थानमा रहेको छ भने एक सय ३३ मत प्राप्त गरेर काँग्रेस दोस्रो स्थानमा रहेको छ । जिल्लाको चार स्थानिय तहमा अग्रस्थानमा रहेको फोरम नेपाल र नयाँशक्तिले रोहिणी गाउँपालिकामा ५ सय ६३ मत प्राप्त गरेर पहिलो स्थानमा छ । ४ सय १३ मत प्राप्त गरेको काँग्रेस दोस्रोमा छ ।

मायादेवी गाउँपालिकामा ३ सय २ मत प्राप्त गरेर अग्रस्थानमा छ भने २ सय २५ मत प्राप्त गरेको स्वतन्त्र उम्मेदवार दोस्रोमा छन् । यस्तै ६ सय १६ मत प्राप्त गरेर गैडहवा गाउँपालिकाको अध्यक्ष पदमा अग्रस्थानमा रहेको फोरम नेपाललाई काँग्रेसले अध्यक्ष पदमा ६ सय मत प्राप्त गरेर पछि लागेको छ । शुद्धोधन गाउँपालिकामा ६ सय ९९ मत प्राप्त गरेर अध्यक्ष पदमा झिनो मतले अग्रस्थानमा रहेको फोरम नेपाललाई यस गाउँपालिकामा पनि काँग्रेसले अध्यक्ष पदमा ६ सय ८८ मत प्राप्त गरेर पछिपछि लागेको छ ।

नेपालगन्जमा राप्रपाको अग्रता

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। नेपालगन्जमा राप्रपाका धवलशमशेर राणाले १११४  मतसहित अग्रता लिएका छन्। उनलाई माओवादी केन्द्रका दामोदर आचार्यले ८१३ मतसहित पछ्याइरहेका छन्। यस्तै नेपाली काग्रेसका शुरेशकुमार कनौडियाले ६९८ मत ल्याएका छन्।