बुटवल उपमहानगरमा कांग्रेस अगाडि

0
5

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । बुटवलमा कांग्रेस र माओवादीको गठबन्धन छ । गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयको पक्षमा २०३ मत परेको छ । यसैगरी एमालेका शिव सुवेदीको १३४ मत छ ।

उपमेयरमा एमालेकी उम्मेदवार गोमा आचार्यले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार जगतबहादुर पोखरेललाई पछि पारेकी छन् । आचार्यको १५३ र पोखरेलको १२८ मत छ ।