प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय चुनाव सफल बनाए-माओबादी आधार क्षेत्रमा काङ्रेशको अग्रता

0
4

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहका साथ सकिएको छ । अब ७५ जिल्लामध्ये ८ वटा जिल्लामा मात्रै चुनाव हुन बाँकी छ, जहाँ असोज २ गते मतदान हुँदैछ । पहिलो चरणमा जस्तो दोस्रो चरणमा खासै झडपका घटना भएनन् । र, कसैले पनि ज्यान गुमाउनु परेन । दोस्रो चरणको चुनाव सफल बनाएपछि प्रधानमन्त्री देउवाले यसलाई उत्साहजनक भनेका छन् ।  यसले आगामी निर्वाचनलाई पनि सहज बनाएको प्रधानमन्त्रीको विश्लेषण छ ।

माओबादी आधार क्षेत्रमा काङ्रेशको अग्रता

रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले खाता खालेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् ।

रुपन्देहीको देवदह नगरपालिकामा ४०० मत गन्दा कांग्रेसले अग्रता लिएको छ। यहाँ कांग्रेसका मेयर उम्मेदवार हिराबहादुर केसीले १ सय ५६ मत सहित अग्रता लिएका छन्। त्यस्तै एमालका टिकाराम चापागाइँले १सय २ मत ल्याएका छन्। वडा नम्बर एकबाट मत गणना सुरु गरिएको हो।

यता दाङ जिल्लामा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्ष पदमा रिमबहादुर सुनारीमगर २०१ मतसहित विजयी भएको पत्रकार दशरथ घिमिरेले जानकारी दिएका छन् । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको थियो । 

दोस्रो चरणको चुनाव मतगणनाको सुरुवाती चरणमै एमालेलाई धक्का

दोस्रो चरणको चुनावमा भने पहिलो चरणमा जस्तो एमालेको आक्रामकता देखिएको छैन । केपी ओलीकै गृहजिल्ला झापाका केही गाउँपालिका र दमक नगरपालिकामा समेत सुरुवाती चरणमा एमालेले अग्रता लिन सकेको  छैन । दाङ, प्युठान लगायतका जिल्लामा माओवादीको प्रारम्भिक अग्रता देखिँदैछ । त्यसैगरी ७ नम्बर प्रदेशका पहाडी जिल्लामा कांग्रेसले अग्रता लिएको छ भने कैलाली कञ्चनपुरमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समेत केही स्थानमा अग्रता लिएको छ । भर्खरै मतगणना सुरु भएकाले अहिले नै भावी परिणामबारे अनुमान लगाउन भने सकिँदैन ।

प्रतिक्रिया दिनुहोस