मतदानका क्रममा दुई जना बृद्धको मृत्यु-मतदाताले मत पेटिकाभित्र एसिड हालिदिए

0
3

स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि पाल्पा रैनादेबी छहरा गाउँ पालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई आफन्त द्वारा स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै। 

आजको चुनावमा प्रदेश नम्बर १ को झापा र प्रदेश नम्बर ५को पाल्पामा स्थानीय तह दोस्रो चरणको मतदानका क्रममा दुई जना बृद्धको मृत्यु भएको छ । झापाको दमकका ८२ वर्षीय नरेन्द्र भण्डारी र पाल्पाको बगनासकाली गाउपालिकाका पुर्णचन्द भटटराईको मतदान गर्ने क्रममा मृत्यु भएको हो । यता  रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले बताउनु भएको छ ।

उता ५ नम्बर प्रदेशको रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिए पछी भनभने मतदान केन्द्रको बुथ ‘ख’केन्द्रको मतदान केही समय स्थगित भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । एसिडले केही मतपत्र जलेका छन् ।

प्रतिक्रिया दिनुहोस