श्री एयरले हावाई ब्यापार बढाउदै तेस्रो जेट विमान काठमाडौंमा

0
27

श्री एयरलाइन्सले तेस्रो जेट विमान काठमाडौं ल्याएको छ। सिआरजे–७०० मोडलको विमान शुक्रबार काठमाडौं ल्याएको हो। युरोपबाट संयुक्त अरब इमिरेट्स (दुबई) हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरिएको हो। हेलिकोप्टर बाट सेवा दिइरहेको श्री एयरलाइन्सले फिक्स्ड वींङको अनुमति गएको साउनमै पाएको थियो। उसले गएको वैशाखमै दुई वटा सिआरजे–२०० सिरिजका विमान नेपाल ल्याइसकेको थियो भने यसपटक सिआरजे–७०० ल्याएको हो।

क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका जेट विमानबाट नेपालका यात्रुलाई गुणस्तरीय, आरामदायी हवाई सेवा दिने बताएको छ। यद्यपी श्रीले तीन वटा विमान ल्याउँदा पनि उडान अनुमति भने अझै पाएको छैन।