नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने

0
10

नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो। आजको कारोबार दैनिकको समाचारका अनुसार निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिष्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरु बाहिरिने क्रम बढेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अगाडि बढाए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन ।
अर्थले गत बिहीबार पाइलटको तलबभत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस