प्रधानमन्त्री देउवा गृह जिल्लाको चुनावी सभामा व्यस्त

0
5

गृहजिल्लामा चुनावी सभामा व्यस्त प्रधानमन्त्री शेरबहादुर देउवाले टिकटलाई लिएर असन्तुष्ट कार्यकर्ता फकाउनुका साथै बृद्धभक्ता दोब्बर बनाउने आश्वासन दिएका छन् । आइतबार अमरगढी नगर कमिटीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेकाम प्रधानमन्त्री देउवाले बृद्ध भत्ता दोब्बर पार्ने आश्वासन दिए । ‘मैले बजेट ल्याउन पाए भने यो बृद्धभत्ता डबल गर्छु गर्छु गर्छु’ उनले भने । डडेल्धुराको विकासका निम्ति निर्वाचन पहिलो खुडि्कलो रहेको भन्दै उनले कांग्रेसले जितेमा जिल्लाका सबै समस्या समाधान हुनेे आश्वासन दिए ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी  डा. आरजु राणा देउवा, नेवि संघ सभापति नैनसिंह महर लगायतले सम्बोधन गरेका थिए । देउवा सोमबार र मंगलबार पनि गृह जिल्लाको सदरमुकाममै हुने छन् । १४ गते गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राम माविको मतदान केन्द्रमा प्रधानमन्त्री देउवाले मतदान गरेर मात्रै काठमाण्डौं फर्किने कार्यक्रम तय गरेका छन् ।