आज मनाइँदैछ मुस्लिम धर्मालम्बीहरुको इद

0
25

मुस्लिम धर्मालम्बीहरुको पवित्र पर्व इद (इदुल फित्र) आज मनाइँदैछ। पर्वका अवसरमा सरकारले सार्वजनिक विदा घोषणा गरेको छ। इद उल फित्र कै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, लगायतका अन्य दलका नेताहरुले शुभकामना दिएका छन्।

मुस्लिम धर्मालम्बीले एक महिनासम्मको उपासना अन्त्य धुमधामपूर्वक गर्दैछन्। उपासनासँगै एक महिनासँग नियमित नमाज गरिन्छ। धर्मालम्वीहरु रमादानको महिनाभरि नै रोजा (ब्रत) बस्ने गर्दछन्। एक महिना लामो उपासनाको मुस्लिम धर्मालम्बीहरु सोमबार विधिवत रुपमा अन्त्य गर्दैछन् ।

तस्बिर वेव