माओवादीको चुनावी र्‍यालीमा बम विष्फोट

0
24

नवलपरासीको  सुनवलमा माओवादीको चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटमा ३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिका-३ मा पर्ने सोमनाथ खोलाको पुल नजिक बम विष्फोट भएको हो । पुल छेउको ढुंगामा लुकाएर राखिएको बम पड्किएको र र्‍यालीमा प्रयोग गरिएको बसको सिसा फुटेर कार्यकर्ताहरु घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

नेपाली कांग्रेसको चुनावी र्‍याली सकिएपछि माओवादीको र्‍याली आएको बेला बम पड्किएको थियो । माओवादीको र्‍याली भन्दा पछाडि एमालेको र्‍याली थियो । स्थानीय प्रशासनले ३ जना घाइते भएको जानकारी दिए पनि माओवादीले भने आफ्ना ६ जना कार्यकर्ता घाइते भएको जनाएको छ । बम कसले राखेको हो भन्ने खुलेको छैन ।