जनतालाई मालिक मान्ने  पार्टी हो काँग्रेस -प्रधानमन्त्री देउवा

0
4

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनले जनतालाई अझ बढी सर्वशक्तिमान् बनाउने बताउनुभएको छ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा हिजो  आयोजित नेपाली काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले नगरपालिका र गाउँपालिकाको चुनाव जनतालाई बलियो बनाउने चुनाव रहेको बताउनुभयो ।

चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक कञ्चनपुर आउनुभएका प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले जहिले पनि जनतालाई मालिक र सार्वभौमसत्ता सम्पन्न मान्दै आएको बताउँदै धेरैपछि हुन लागेको निर्वाचन उत्साहप्रवद्र्धक छ भन्नुभयो ।

नेपाली काँग्रेसले विसं २००७ मा राणा शासन हटाएर जनताको अधिकारी ल्याउनदेखि राजा हटाएर गणतन्त्र ल्याउनेसम्मको काम गरेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, जनतालाई मालिक मान्ने र प्रजातान्त्रिक पार्टी काँग्रेसबाहेक अरु छैनन् । सुदूरपश्चिममा पछिल्ला दिनमा सडक, पुललगायत पूर्वाधार विकास हुँदै आएको बताउँदै उहाँले यहाँको सुकुम्बासी र आरक्ष विस्थापितको समस्या आयोग गठन गरी टुङ्ग्याइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस