अस्थायी शिक्षकको माग सम्बोधन- आज चारबुँदे सहमति भयो

0
14

नेपाल सरकार र आन्दोलनरत अस्थायी शिक्षक बीच आज शिक्षा ऐन संशोधनसहित चारबुँदे सहमति भएको छ । यो सहमतिसँगै अस्थायी शिक्षकहरुको जारी आमरण अनसनसहित आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ ।

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सो सहमति भएको हो । आज मन्त्रालयमा भएको बार्ता पछी ४ बुदे सम्झौता भएको छ। जसमा सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकको हकमा शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त औषधि उपचार खर्च समेतको ब्यवस्था गर्न शिक्षा ऐनमा संशोधन गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने सहमाती भएको छ । बर्ता पछी असार ९ गते दिनको ४ बजेदेखि आन्दोलनरत शिक्षकका तर्फबाट अमरअण अनसनरत शिक्षकलाई मन्त्रीले जुश खुवाएर आन्दोलन तोडाउनु भएको छ ।

हाल शिक्षा ऐनमा परीक्षा वा गोल्डेन हृयाण्डेसक मध्ये एक रोज्नु पर्ने व्यवस्था छ । र, आन्तरिक परीक्षामा सामेल भएकाहरु असफल भए हृयाण्डेसक पाउँदैनथे । मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, ऐनमा परीक्षा वा गोल्डेन हृयाण्डसेक एक रोज्नु पर्ने थियो । अब उहाँहरुको माग अनुसार परीक्षा दिने र असफल भए उपचार खर्चसहित गोल्डेन हृयाण्डेसक पाउने भएका छन् ।

यस्तै आन्तरिक तर्फको विज्ञापन संख्या समायोजनबारे अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । २०६१ असार २२ देखि २०७२ असोज २ सम्मको कुल दरबन्दीको ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धा हुने व्यवस्था छ । तर, अस्थायी शिक्षकहरुले आन्तरिक तर्फको प्रतिशत बढाउन माग गरेका छन् । कार्यदलले १५ दिनको समयावधी पाउने छ ।
नयाँ सरकार गठन भएपछी शिक्षा मन्त्रिले आम शिक्षकका पक्षमा काम गरेको बन्दै बिगतका शिक्षा मन्त्रीले गर्न नसकेको काम उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गरेको भन्दै आन्दोलनरत शिक्षकको तर्फबाट एक बर्तामा रहेका सदस्यले खुशी ब्यक्त गरे । 

शिक्षा मन्त्रीका स्वकिय सचिब चिरिन्जिवी भण्डारीका अनुसार सहमति पत्रमा आन्दोलनरत शिक्षकका तर्फबाट हेमनाथ चौंलागाई, विन्दाकुमार दास चौधरी, कुमोदकुमार कर्ण, सुरेन्द्र अधिकारी, भरत गिरी, शिवप्रसाद अधिकारी, मोहनबाबु सापकोटा र ज्योति नारायण ढकाल, नेपाल शिक्षक महासंघको तर्फबाट महासंघका अध्यक्ष केशब निरौला, सहअध्यक्ष रत्न ओली, पदेन सदस्य बाबुराम थापा, भोला सापकोटा, विष्णु पाण्डे, रमेश रुपाखेती, कोषाध्यक्ष लछिराम शर्मा ढकाल तथा शिक्षा मन्त्रालयको तर्फबाट मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र निर्देशक केशव पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस