एक महिने रमदान उल मोबारक शुक्रबार सकियो

0
4

मुस्लिम समुदायले मनाउने एक महिने रमदान उल मोबारक शुक्रबार सकिएको छ। अरबिक पात्रोअनुसार रमदान नवौं महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा देखिएपछि महिना दिनको रोजा (व्रत) सकिन्छ। रमदान सकिएको भोलिपल्ट अर्थात् दसौं महिनाको पहिलो दिनदेखि मुस्लिमहरूको अर्को महत्त्वपूर्ण पर्व इद उल फितर शनिबार सुरु हुनेछ। यसै अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

इद उल फितरको अवसरमा धनी वर्गले एक वर्षभित्र आफूले सुनचाँदी, नगद वा जिन्सी जति बचत गर्छन्। त्यसको २.५ प्रतिशत गरिब, दीनदु:खी वा विपन्नलाई दान दिनुपर्छ। यसलाई जकात भनिन्छ। यो पर्वका दिन सबैले बिहान नियमित नमाज पढेपछि सफासुग्घर भएर चोखो लुगा लगाएर जामे मस्जिदमा भेला हुन्छन्। त्यसपछि तोकिएको समयमा इद उल फितरको विशेष नमाज सामूहिक रूपमा पढ्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस