मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु,

0
11

मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला सडक गएराति ११ बजेदेखि नै पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ। पहिरोले पुरेर प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र दीपक मास्केको मृत्यु भएको हो । गए राति १ बजेदेखि अवरुद्व भएको मुग्लिन–नारायणगढ सडकखण्डको अवरुद्व सडक निरीक्षण गर्न गएको प्रहरी टोलीको भ्यान निरीक्षण गरेर फर्किने क्रममा पहिरोले भ्यान पुरेको हो । पहिरोले प्रहरीको भ्यानसँगै अर्को एउटा ट्रक पुरेको छ। पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ नेतृत्वको टोली पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो ।

ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए । सोही क्रममा माथिबाट झरेको पहिरोले ना १ झ १३९० नम्बरको प्रहरी भ्यान पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ, प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता थिए। ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ। चालक सकुशल रहेका छन्।त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख दिपक थापा, ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त लगायतको टोली पुगेको छ ।पहिरोका कारण बाटो अबरुद्ध भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनका सैयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।