बंगाली भाषा पढ्न अनिवार्य गरिएको विरोधमा उठेको आन्दोलन गोर्खाल्यान्ड राज्यको स्थापनाको एकमात्र मागमा केन्द्रित भएर अनिश्चितकालीन बन्द जारी रहँदा गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो घर फर्कन शुक्रबार १२ घण्टाको समय दिएको छ। हिमालय दर्पणका अनुसार शुक्रबार बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्ममा बोर्डिङमा बस्ने विद्यार्थीहरुलाई विद्यालयले उनीहरुको घरमा पठाइदिन मोर्चाले अनुरोध गरेको छ।
गोजमुमोका सहसचिव विनय तामाङलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, त्यस दिन विद्यार्थी लिएर गएका गाडीहरुमात्र चल्नेछन्। पहाडमा बन्द यथावत रहनेछ।