विश्व योग नेपालमा पनि मनाइयो विश्व पुर्बिय समाज बाट सस्कार सिक्दै

0
27

तेस्रो अन्तराष्ट्रिय योग दिवसका बुधबार नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। योग गरौं निरोग बनौँ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले राष्ट्रिय सभा गृहमा अन्तरराष्ट्रिय योग दिवस बिषयक बिचार गोस्थी तथा योगाभ्यास कार्यक्रम गरिएको थियो।

कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने, विद्यालयमा योग अभ्यासबारे बहस र छलफलका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए। त्यस्तै कार्यक्रममा योगी अरुण आनन्दले योग के हो ? योगका तीन आयाम १. आसन २. प्राणायाम ३. ध्यानको महत्वका बारेमा प्रकाश परेका थिए ।


छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक वर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो।