कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित- शेरबहादुर देउवाको मन्त्रीमण्डलमा तीन उपप्रधान सहित ७ जना मन्त्री

0
12

काँग्रेस सभापति शेर बहादुर देउवाले नेपालको ४०औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन्। शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबाहदुर देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट ३ जनाले सहभागिता जनाउने भएका छन्।

प्रम देउवाको नेतृत्वमा तीनजना उपप्रधानमन्त्री भएका छन्। यी तीन उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार बरियतामा पहिलो नम्बरमा रहेका छन्। उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्ने छन्। त्यस्तै दोस्रो बरियतामा कृष्णबहादुर महरा छन्। उनले उपप्रधानसहित परराष्ट्र मन्त्रालय सम्हाल्ने छन्।

काँग्रेसबाट पहिलो पटक गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री एवं शिक्षा मन्त्रालयको जिम्मेवारी दिईएको छ। काँग्रेसबाट अर्थमन्त्री ज्ञानेन्द्र कार्की हुने भएका हुन्। त्यसैगरि जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

२००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा जन्मिएका देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा  हाेमिएका थिए । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।

 

 

 

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा २०१३ देखि अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी नौ वर्ष जेलमा जीवन विताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । देउवाकी पत्नी डा आरजु राणा देउवा सांसद छिन् भने छोरा लण्डनमा अध्ययनरत छन् । विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस