यूएईमा नेपालीको लगानीमा शुभयात्रा ट्राभल्स

0
30

नेपालीहरुलाई सस्तो र स्तरीय सेवा दिने उद्देश्यले बरदुबईमा गत १५ मे देखि सञ्चालित शुभयात्रा ट्राभल्सको औपचारिक उद्घाटन भएको छ । नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा जुन २ तारिख शुक्रबार ट्राभल्सको औपचारिक उद्घाटन भएको हो । कार्यवाहक राजदूत टण्डनले ट्राभल्सको सफलताको शुभकामना दिँदै युएईमा नेपाली व्यावसायीहरु दिनानुदिन बढ्दै जानु अत्यन्त खुसीको कुरा रहेको बताए ।

राजदूत टण्डनले रिबन काटी शुभयात्रा टाभल्सको उद्घाटन गरेका थिए । टाभल्सको उद्घाटन कार्यक्रममा युएईमा कार्यरत नेपाली व्यावसायी, पत्रकार, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरुको उल्लेख्य उपस्थिति थियो । सबैले टाभल्सको सफलताको कामना गरेका थिए । ट्राभल्स उद्घाटनको क्रममा सञ्चालक तोया चौलागाईंले सन् २०१७ भरि शुभयात्राबाट टिकट काट्ने यात्रुलाई लक्की ड्रमार्फत एक जनालाई आकर्षक पुरस्कार दिइने बताए । त्यस्तै, इन्डेक्स एक्सचेञ्ज र सेन्चुरी रेमिटमार्फत नेपालमा पैसा पठाउँदा सर्भिस चार्ज निःशुल्क हुने उनले बताए ।

ट्राभल्सले मुख्यतः एयर टिकेटिङ, होटल बुकिङ, टुरिस्ट भिसा, भिसा चेन्ज, डेजर्ट सफारी, द्योउ क्रुज आदि सेवाहरु प्रदान गर्ने छ । बरदुवईको केन्द्रमा रहेको बलिउड बिल्डिङको पहिलो तल्लाको १०५ नम्बरमा रहेको ट्राभल्स संचालक झापा गौरादहका तोया चौलागाई र दिलिप मैनालीका साथमा बुटवलका कृष्णप्रसाद भट्राईको संयुक्त लगानी रहेको छ । विगत १२ वर्षदेखि ट्राभल्स क्षेत्रमा आबद्ध चौलागाईले युएईका नेपालीहरुलाई लक्षित गर्दै शुभयात्रा ट्राभल स्थापना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस