नेपाली सेनाको स्काइ ट्रक (जहाज) दुर्घटना हुँदा महासेनानी कैलाश गुरुङको निधन

0
18
बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा नेपाली सेनाको स्काइ ट्रक (जहाज) दुर्घटना हुँदा महासेनानी कैलाश गुरुङको निधन भएको छ।  उनी जहाजका पाइलट थिए।  बिहान खाद्यान्न बोकेर सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।  बाजुरा प्रहरीका अनुसार कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको त्यसपछि जहाजको इन्जिनमा आगलागी भएको थियो।  
 
प्रहरीका अनुसार विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएका  थिए।  प्रहरीका अनुसार दुर्घटनामा सेनानी अनिता आलेमगर गम्भीर घाइते भएकी छन् भने सुवेदार पूर्णबहादुर खड्का सामान्य घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि सीता एयरको जहाजबाट नेपालगञ्ज पठाइएको छ

प्रतिक्रिया दिनुहोस