नेपाल विद्यार्थी संघद्वारा गणतन्त्र दिवशको अवसरमा दिप प्रज्वलन

0
8

नेपाल विद्यार्थी संघले गणतन्त्र दिवसको अबसरमा दिप प्रज्वलन गरेको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा १० औं गणतन्त्र दिवशको अवसरमा माइतिघर मण्डलामा दिप प्रज्वलन गरेको हो । कार्यक्रममा नेबिसंघ अध्यक्ष महरले पुर्खाको बलिदानले आज स्वतन्त्र भएर हिंड्न पाएको स्मरण गर्दै राष्ट्रियता लोकतन्त्र जोगाउने जिम्वेवारी युवाको काधमा आएको बताउदै दोस्रो चरणको चुनावमा नेपाली काङ्रेशको पक्षमा खुलेर प्रचार गर्न अनुरोध गर्नु भयो । गणतन्त्रको संस्थागत विकास,शान्ति र विकासको कामना र गणतन्त्र दिवशको सुखीयालीमा दिप प्रज्वलन गरिएको नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिनुभयो । दिप प्रज्वलन कार्यक्रममा केन्द्रिय अध्यक्ष नैनसिंह महर,उपाध्यक्षहरु,अन्य पदाधिकारी तथा नेविसंघका सयौँ कार्यकर्ता सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस