देशभर नेपाली काङ्रेश अगाडि नतिजा आउनेक्रम जारी

0
55

आज बिहान सम्मको परिणाम अनुसार गाउपालिका नगरपालिका प्रमुखमा काङ्रेश २३ एमाले २२ मावोबादी केन्द्र १२ स्वतन्त्र २ ले जित हासिल गरेको छ । महानगर उपमहानगरहरुको भने मत गणना भई रहेको छ । स्याङ्जाका नगरपलिकाहरुको मत गणना भई रहेको छ। चापाकोट नगरपलिका को वडा १,२,३,४,५,६ मा काङ्रेशले प्यानल शहित बिजयी हासिल गरेको छ भने चापाकाेटकाे नेपाली काँग्रेस मेयरका उमेदवार शिव गिरीकाे ४४५६ उपमेयर विमला श्रेष्ठकाे ४६५२,नेकपा एमालेका उमेदवार वुदिमान श्रेष्ठकाे २६५२,सरस्वती भट्टराईकाे२४३६ मत अाएकाे छ । यतापछिल्लो विवरण अनुसार वालिङ नगर पालिकाको मेयर नेका ६०५७, उपमेयर ५५६१ ,एमाले मेयर ४४९० , उप मेयर ४७२०, त्यस्तै गल्याङ नगरपालिकामा १ र ४ मा एमालेका वडा अध्यक्षले बिजयी हासिल गरेका छन भने ३ मा नेपाली काङ्रेशका उमेद्वार महेश भट्टराई वडा अध्यक्षमा बिजयी हासिल गरेकाछन्।

 हाल सम्मको मत गण्नामा गोरखा सिरान्चोक गाउँपालिकाको वडा नम्बर १,२,३,४ मा नेपाली काङ्ग्रेसको सम्पुर्ण प्यानल नै बिजय भैसकेको छ साथसाथै गाउँपालिका को प्रमुख र उप- प्रमुखमा पनि नेपाली काङ्ग्रेस भारी मतले अगडी छ। तनहुँको व्यास नपामा नेपाली काङ्रेशले मेयरमा बिजयी हासिल गरेको छ । यता ललितपुर महानगरमा वडा नं. ७ मा कांग्रेस उम्मेद्वार कुलबहादुर महर्जनको प्यानलै विजयी भएको छ । लमजुङको मध्य नेपाल नगरपालिकाको मेयरमा नेपाली काङ्रेशका रमेश पाण्डे विजयी हुनुभएको छ। 

कुश्मा नगरपालिकामा कांग्रेसका प्रमुख पदका उमेदवार रामचन्द्र जोशीले निकटम प्रतिद्धन्द्धीले भन्दा ७ सय ७२ मतले अग्रता कायम गरेका छन । उनले हालसम्म २१२३ मत प्राप्त गरेका छन । यसैगरी एमालेका उमेदवार मेघनाथ सुवेदीले भने १३५१ मत प्राप्त गरेका छन । कांग्रेसको आधारक्षेत्र मानिएको पाङ र खुर्कोटको मत गणना गर्दा कांग्रेसले फराकिलो मतले एमालेलाई पछाडी पारेको छ । यसैगरी उपप्रमुमा नेपाली कांग्रेसकी सिता काप्ले लामिछानेले हालसम्म २०७० मत प्राप्त गरेकी छिन । यसैगरी एमालेकी मुवादेवी शर्माले भने १३८० मत प्राप्त गरेकी छन ।