स्याङ्जामा शन्तिपूर्ण मतदान सम्पन्न मत गणना आज बाट सुरु

0
33

स्याङ्जाको ११ वटा स्थानिय तहमा हिजो शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। २० बर्ष पछी भएको स्थानिय तहको चुनावमा जनता हर्सोउल्लासका साथ सहभागी भएको थिए ।जिल्ला भर केही सनातिना बिवाद बाहेक शान्तीपूर्ण रुपमा स्थानिय जनता शहभागी भएको कुरास्कोप नेपालका तर्फबाट स्याङ्जाको निर्वाचनको परेवेक्षण गर्नु भएका परेर्बेक्षक चिरन्जिवी भण्डारीले हाम्रो सेरोफेरोलाई जानकारी दिनुभयो ।स्याङजाको पुतली बजार नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, भिरकोट नगरपालिका र चापाकोट नगरपालिका लगायत स्थानमा 69 प्रतिसत मत खसेको कुरा लक्ष्मी टेलीभिजनकी सम्बाददाता गीता भट्टराईले जानकारी दिनु भएको छ । 

यता लमजुङमा चार दिनको किरियापुत्रीले समेत मतदान गरेका छन् । राइनास नगरपालिका-८ डौलियाडाँडाका किरियापुत्री दुर्गाबहादुर अधिकारीले रुद्रमावि हर्राबोट केन्द्रबाट मतदान गरेका हुन् ।

तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता सोमबार (आज) बिहानदेखि शुरु हुँदैछ । ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको छ ।काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबार रातिदेखि नै मतगणना सुरु भएको छ ।
मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि राति देखि नै मतगणना सुरु भएको छ ।

तस्तै मनाङको चामे गाउँपालिकामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अध्यक्ष पदमा कांग्रेसकी अनिता लामाले ९२ र एमालेका लोकेन्द्र घलेले ८२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस