मेयरका उम्मेदवार लालगोपालको घरमा उम्मेदवारलाई मार्ने मनसायले अग्यात समुहले बम राखे-गल्याङमा नेपाली काङ्रेशका कार्यकर्ता माथि बोतलले आक्रमण

0
162

नेपाली काङ्रेश गल्याङ नगरपालिकाका मेयर उम्मेदवार लालगोपालको घरमा उम्मेदवारलाई मार्ने मनसायले अग्यात समुहले बम राखेको छ । अर्यालको घरमा  सकेट बम अघिल्लो रात नै राखिएको हुनसक्ने अनुमान गरिएको छ। उक्त बम नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय पारेको छ ।
अर्यालका परिवार राति चुनावी  कार्यक्रम सकी १ बजे मात्रै घरमा आएका थिए । घरका सबै सदस्य सुतेको त्यसपछि कसैले बम राखेको हुन सक्ने अनुमान गरिएको नेपाली काङ्रेश गल्याङ नगर सम्योजक श्याम बस्यालले बताए । आधा जलेको अवस्थामा पिँढीमा फेला परेको बम सेनाले घरभन्दा केही पर लगी निष्क्रिय पारेको हो । बम कसैले शत्रुता साध्न राखेको अनुमान छ । ‘पानी परेर पड्किन पाएको रहेनछ,’ सेनाका क्याप्टेन जीवन विष्टले भने, ‘पड्केको भए ठूलै क्षति हुन सक्ने क्षमताको देखियो । सकेट बम रहेको खबरपछि नेपाली सेनाको नेतृत्वमा प्रहरीसहितको डिस्पोजल टोली खटिएको थियो । शुक्रबार दिउँसो मात्रै टोलीले घरबाट करिब २ सय मिटर पर खाल्डो खनेर बमलाई डिस्पोज गरेको थियो । बम धेरै खतरायुक्त भएको इलाका प्रहरीले बताएको छ । बिहीवार नेपाली काङ्रेशका पर्चारमा हिंडेका काङ्रेश कार्यकर्तालाई ताकी गल्याङमा बियरका बोत्तल प्रहार गरेका थिए तर चोटपटक भने कसैलाई नलागेको नेबिसंघ छेत्रीय सचिव मनोज भट्टराई ले बाताए ।