गाउँ गाउँमा नेबिसंघका अध्यक्षले नेपाली जनता जगाउदै

0
18

नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले गाउँ गाउँका जनता जगाउदै हुनुहुन्छ । संगीतिक शब्दबाट महरले जनता जगाउनु भएको हो । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको परिकल्पनामा बनेको गीतका शब्दमा उनले भनेका छन् :

काँग्रेसको नेतृत्वमा शान्ति र संविधान
काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान
जय नेपाल, जय नेपाल

आयो आयो, आयो काँग्रेस गाउँ गाउँमा
जनता सारा ब्यूँझाउन,
हिमाल पहाड मधेस
काँग्रेसले दिन्छ एकताको सन्देश ।।

राष्ट्रबादको खोक्रो नारा उछालेर जनता मात्रै भड्काउने तर भएको बत्तिमुनी पनि अँध्यारोमा बाँच्नुपरेका जनतालाई त्यो अवस्थाबाट बाहिर ल्याउने कदम काँग्रेसले नै चाल्यो । त्यसैले त महरले काँग्रेसको असली स्वभाव देखाउँदै गीतका शब्दमा भनेका छन्

जय, जय जय नेपाल
लोकतान्त्रिक, गणतन्त्र काँग्रेसले नै ल्यायो
नयाँ संविधानको, लहर देशैभरी छायो
चुनाव आयो, आयो काँग्रेस, छायो त्यसै गरी
शान्ति समृद्धिका नारा, लायो देशै भरी

उनले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको लहर र अवस्थालाई पनि गीतमा बयान गरेका छन् । अनि आम नागरिकलाई विश्वस्त पार्र्दै भनेका छन् :

जय नेपाल, जय नेपाल
लडिरहने छ काँग्रेस, यो देशकै हितमा
खुसी हुन्छन् सारा जनता, काँग्रेसकै जितमा
प्रजातान्त्रिक, समाजवाद, मुल मर्म ठानी
लागौँ फेरि देश बनाउन काँग्रेसलाई छानी

वसन्त सापकोटाको संगीतमा सिडी विजय अधिकारीको आवाजमा गीत मार्फतै महरले काँग्रेसको स्वभाव, अटल साहस र जनपक्षीय स्वभावलाई यसरी बयान गरेका छन् :

बर्षामासको खहरे झैँ, कहिल्यै मात्तिएन
जस्तै विपत पर्दा पनि कहिल्यै आत्तिएन ।।

उनले पार्टीलाई र जनता दुबैलाई एकैपटक आग्रह गरेका छन् । जनतालाई साथ लिन पार्टीलाई आग्रह गरेका छन् भने काँग्रेसलाई जिताउन जनता समक्ष अनुनय गरेका छन् र भनेका छन् :

गाउँदेखि सहरका जनता साथ लिँदै
फेरि पनि जिताउँ, रुखमा भोट दिँदै
आयो आयो, आयो काँग्रेस गाउँ गाउँमा
जनता सारा बिउँझाउन
हिमाल पहाड मधेस
काँग्रेसले दिन्छ, एकताको सन्दे

गीतमा साहश शाक्यको संगीत संयोजन बेजोडको छ । नेवि संघले निर्माण गरेको म्युजिक भिडियोको मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । जसमा नेपाली काँग्रेसको सम्पूर्ण इतिहासलाई सटिक रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस