नेपाली काङ्रेश र दिनेश कोइरालाले गरेको त्याग खेर जाँदैन-प्रधानमन्त्री प्रचन्ड दिनेश कोईरलाको हाइट झन् बढ्यो

0
12

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहालले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर फिर्ता लिन लगाइएका दिनेश कोइरालालाई गरेको त्याग खेर जाँदैन  भन्दै प्रसम्सा गरेका छन्। ।

पार्टी नेतृत्व र जनताले तपाईको मूल्याङ्कन गरिरहेको छ । सबै तपाईको साथमा छन् । मैले सकेको ठाउँबाट तपाईलाई सहयोग गर्छु । तपाई युवा हुनुहुन्छ । तपाईको उमेर छ ।’ यसले तपाईको हाइट घट्दैन झन् बढ्दै जान्छ ।प्रधानमन्त्री पुष्कमल दाहालले  चुनावी सभामा दिनेश कोइरालाको नाम लिँदै भने। काँग्रेस–माओवादीले चितवनमा आज संयुक्त रुपमा गरेको चुनावी सभामा सम्बोधन गर्दै सो कुरा बताएका हुन्। 

भाई दिनेश कोइरालालाई भन्न चाहन्छु तपाईलाई पक्कै नमीठो लागेको होला । तर, तपाईले दाहालले यत्ति भन्दा तालीको गड्गडाहट छुट्यो ।चितवन लोकतन्त्रवादीहरुको किल्ला हो, दाहालले अगाडि भने, ‘तपाईहरु जस्तो युवा अबको असली सिपाही हो । तपाईहरुको स्प्रिडलाई कसैले रोक्दैन ।’ अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले चितवनमा काँग्रेससँग तालमेल भइसकेपछि झिनो मतले जित्नु शोभनीय हुँदैन,  दाहालले थपे, ‘थोरै मतले जितेर हुँदैन, काँग्रेससँग तालमेल भइसकेको अवस्थामा अत्यधिक मतले जित्नुपर्छ ।’ केन्द्रमा केही छलफल गर्दा गर्दै ढिलो भयो ।’ जसले केही साथीहरुलाई पक्कै खल्लो लागेको छ ।, दाहालले अगाडि भने, ‘मनोनयन दर्ताको अघिल्लो दिन नै तालमेल गरिसक्नु पर्ने थियो ।