ने बि संघले स्थानिय चुनावमा बिद्यार्थीहरुलाई गाउँ गाउँमा प्रतिनिधि खटायो-हरेक बुथ तिश युथ अभियान सन्चालन

0
15

ने बि संघले स्थानिय चुनावमा बिद्यार्थीहरुलाई गाउँ गाउँमा प्रतिनिधि खटाएको छ । नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले स्थानिय तहमा नेपाली कङ्रेशलाई बिजयी गराउन प्रत्येक बुथमा तिश तिश जना बिद्यार्थीका दरले हरेक बुथ तिश युथ अभियान थालिएको कुरा बताउनु भएको छ । हिजो पोखरा लेखनाथ महानगरपालिकाको चुनावी अभियानलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । 

ने बि संघ को केन्द्रिय समितिको निर्णय अनुसार ४८ औ स्थापना दिवसका अवसरमा बैशाख ६ गने देखी नै गाउँ जाउ नगर जाउ जनता जगाउ काङ्रेश जिताउ अभियान सन्चालन गरेको र जिल्ला स्थारमा समेत प्रशिक्षण अभियान तथा प्रदेश स्तरिय बिशेष प्रशिक्षण कार्यक्रम गरिरहेको कुरा अध्यक्ष महरले बताउनु भयो ।जसका लागि देश भर सबै जिल्लामा केन्द्रिय प्रतिनिधि पठाइएको छ । जनताले निर्भयका साथ मतदन गर्न पाउने अधिकार सुनिस्चित गर्नका लागि एक बुथ तिश युथ कार्य गरिएको कुरा अध्यक्ष महरले स्पस्ट पर्नु भयो । 

हालै सम्पन्न स्वतन्त्र युनियनको चुनावमा देश भर नेबिसंघको सानदार बिजयी पस्चात नेबिसंघ राष्ट्रको सबै भन्दा ठुलो बिद्यार्थी संगठनकारुपमा स्थापित भएसगै त्यसबाट अत्तालिएर नक्कली राष्ट्रबादको कुरा गरेको तर जनता नेपाली काङ्रेशको साथमा रहेको देखिएको छ।

आर्थिक र कानुनी हैसियत भएको तीन तहको स्थानिय सरकार नेपाली काङ्रेशले २००९ सालको महाधिबेसनबाट पास गरेको र २०१५ सालमा बिपी कोइरालाको नेत्रित्वको सरकारले स्थानिय स्वयत्त मन्त्रालय गठन गरेर स्थानिय सरकारलाई जनाटकओ घर दैलोमा पुर्याएकोले नेपाली काङ्रेशलाई जनताले चिनेको हुँदा यो स्थानिय चुनावमा नेपाली काङ्रेशको जित सुनिस्चित भएको कुरा नेबिसंघ अध्यक्ष महरले बताउनु भयो ।