उद्योगमन्त्रीको बाचा पूरा ,जीवनजलको उत्पादन फेरि सुरू

0
43

नेपाल औषधी उद्योगलिमिटेडले  आईतबारबाट पुनः औषधी उत्पादन सुरु गरेको छ । केही समय अघिदेखि बन्द रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगले आईतबारदेखि नै उत्पादन सुरु गरेको छ । आइतबारदेखि जीवनजल उत्पादन थाल्न लागिएको नेपाल औषधि उद्योग लिमिटेडका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले जानकारी दिए । गुड म्यानुफ्याक्चरिङ प्रोडक्सन् (जिएमपी) प्रबिधिबाट औषधि उत्पादन गर्नको लागि उद्योगले आवश्यक भोतिक संरचनाको निर्माण गरेको छ ।

नेपालमा आधुनिक औषधी उत्पादन सरकारबाटै गर्ने उद्धेश्यका साथ कम्पनी ऐन २०२१ अन्तरगत नेपाल औषधी लिमिटेडको  २०२९ सालमा स्थापनाभएको थियो । नेपाल औषधी उद्योगले १२० थरिका औषधीहरु उत्पादन गरी बजारमा विक्री गर्दै आईरहेको थियो । २०६६ साल देखि सो औषधी उद्योग पूर्ण रुपमा वन्द रहेको थियो । नेपाल औषधी लिमिटेडले पुन उत्पादन शुरु गरेको जीवन जलको उत्पादन कार्यको उद्योग मन्त्री नवीन्द्रराज जोशीले आईतबार एक कार्यक्रमका वीच शुभारम्भ गरे । 

आजदेखि जीवनजल उत्पादन गर्छाैं, ट्याब्लेट बनाउने मेसिन खरिदका लागि टेण्डर निकालेका छाैं । छिट्टै नै ट्याब्लेट औषधिको पनि उत्पादन थाल्न लागेको छ उद्योग मन्त्री जोशीले बताए । उद्योग मन्त्री नवीन्द्रराज जोशीले आफ्नो कार्यभार सुरु गरे लगत्तै सरकारी स्वामित्वमा रहेर विभिन्न कारणले  बन्द रहेका सरकारी उद्योगहरुलाई प्राथमिकताका आधारमा पुन संचालन गर्ने नीति लिएसँगै नेपाल औषधी उद्योग सुरु गरेको हो । 

पुनः उत्पादन थाल्नको लागि अर्थमन्त्रालयले केहि महिनाअघि यस उद्योगलाई ६ करोड ४८ लाख रकम उपलब्ध गराएको छ । यस वर्षका लागि १२ करोड रकम दिनेभनेपनि उत्पादन नथाली बसेको हुँदा अर्थमन्त्रालयले ६ करोड मात्रै रकम दिएको थियो ।

ट्याब्लेट बनाउने मेसिन ल्याएसँगै सिटामोलको उत्पादन थालिने श्रेष्ठले जानकारी दिए । साथैे पहिलो चरणमा सरकारले देशभर निशुल्क रुपमा उपलब्ध गराएकामध्ये ८ प्रकारका औषधि समेत उत्पादन गर्ने तयारी छ । 

०२९ सालमा स्थापना भएकेा यो उद्योग विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा नभएपछि ०६७ सालदेखि पूर्ण रुपमा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस