हरिबहादुर उपन्यास सार्वजनिक

0
9

हरिवंश आचार्य द्वारा लिखित हरिबहादुर उपन्यास हिजो लोकार्पण भएको छ । काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा खचाखच दर्शक माझ पुस्तक लोकार्पण अगाडि हरिवंशले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । टेलिशृंखलाकै हरिबहादुर हुलियामा मञ्चमा देखिएका उनले केही वर्षअघि टेलिभिजनको पर्दामा आउने नकारात्मक चरित्रलाई ब्युँताउँदै ‘त्यसो गरे कसो होला’ थेगो ताजा बनाउदै यसको दाम ३ लाख ९८ हजार पैसा पर्ने बताए ।मदनकृष्णले हरिबहादुरको चित्र अंकित बडेमानको तस्बिर अगाडि सहयात्री हरिवंशसँग संयुक्त रुपमा उपन्यास सार्वजनिक गर्दै सबै कुरामा हरिबहादुरकै चर्चा र प्रसंग जोडेका थिए ।

कार्यक्रममा बोल्दै मदन कृष्ण श्रेष्ठले हाम्रो देशको राजनीतिमा धेरै हरिबहादुरहरु भएको हुनाले नै आज देशमा अनेक किसिमका ताण्डव नृत्य देख्न परेको बाताए । उनले हरिवंशले दुई वटा पुस्तक निकालिसक्दा आफूलाई कहिले किताब आउँछ भन्ने प्रश्नको सताएको भन्दै आफ्नो पुस्तक सम्पादन प्रक्रियामा रहेको र चाँडै आउने जानकारी समेत दिए । कार्यक्रम सञ्चालक रवि लामिछानेले हरिबहादुर पुस्तक यात्रा जेठ ५ देखि चितवन, पोखरा, बुटवल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, विर्तामोड, विराटनगर, धरान र सिन्धुलीमा हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस