भरतपुरमा प्रचण्डपुत्री, काठमाडौं र पोखराको मेयर कांग्रेसलाई 

0
8

सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको सहमति भएको छ । सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा कांग्रेसलाई माओवादीले सघाउने छ भने चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने छ ।काठमाडौं महानगरमा काँग्रेसबाट राजुराज जोशी र पोखरामा रामजी कुँवर मेयरमा उठेका छन् । भरतपुर महानगरमा प्रधानमन्त्री  पुष्पकमल दाहालकी छोरी रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छन् । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकबाट चुनाव लडेकी रेणुलाई मेयर बनाउनकै लागि पनि माओवादीले काँग्रेसलाई दुई महानगरमा सघाउन तयार भएको हो ।  

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि मनोनयन फिर्ता लिने समय विहिबार सकिदै छ।भरतपुरमा कांग्रेसको तर्फबाट दिनेश कोइराला र माओवादीको तर्फबाट रेणु दाहालले मेयर पदमा उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस