नेपाली कांग्रेसद्वारा पत्रकार सम्मेलन 

0
12

नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलका लागि सत्ता साझेदार माओवादी केन्द्रलाई प्राथमिकता दिएको छ । तर, यसबारे स्थानीय तहमै अनुकुलताका आधारमा निर्णय गर्ने नीति नेपाली कांग्रेसले अघि सारेको छ । कांग्रेसले पहिलो चरणको चुनाव हुने प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमा खासगरी माओवादी केन्द्रसँग कांग्रेसले तालमेल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता रमेश लेखकले अहिले खासगरी माओवादी केन्द्रसँग एलाइन्स भाको छ । पार्टीको स्थानीय संयन्त्रले आवश्यकता अनुसार निर्णय गर्न सक्ने हाम्रो नीति छ भने । त्यस अनुसार पार्टीका निकायहरुले निर्णय गरिराखेका छन् । 

प्रतिक्रिया दिनुहोस