काठमाडौं महानगरपालिकामा एमाले र राप्रपावीच चुनावी तालमेल

0
10

मंगलबार दिउँसो सभागृहमा साना पार्टीहरुले धमाधम काठमाडौं महानगरका लागि उम्मेद्वारी दर्ता गरिरहेका थिए । ठूलो पार्टी एमालेको चालचुल थिएन । धेरैले अनुमान लगाइरहेका थिए कि पार्टीभित्रको विवादका कारण एमालेले उम्मेदवार तय गर्न सकेन । तर, एमाले संसदीय दलको कार्यालयमा केपी ओलीसँग कमल थापा र दीपक बोहोराले वार्ता गरिरहेको धेरैले थाहा पाएनन् ।एमाले राजावादीसँग मिलेको र गणतन्त्रविरोधी शक्तिसँग गठजोड गरेको भन्ने प्रकारका तर्कहरु माओवादी र कांग्रेस नजिकका मानिसहरुले निकै जोडतोडका साथ प्रचार गरिरहेका छन् । तर, उनीहरुको तर्क दलीय गुटगत स्वार्थबाट प्रेरित छ ।

अन्ततः काठमाडौं महानगरपालिकामा एमाले र राप्रपावीच चुनावी तालमेल भयो । काठमाडौं महानगरमा एमाले र राप्रपावीच चुनावी तालमेल भइसकेपछि यो गठबन्धन बलियो हुन सक्ने धेरैले अनुमान गरेका छन् । एउटा महानगरका लागि भएको यो तालमेलको राजनीतिक तरंगचाँहि देश विदेशसम्म पुगेको छ । सोसियल मिडियाको बजारमा यतिबेला चर्चा छ भने यही ‘गाई-सूर्य गठबन्धन’ कै चर्चा छ ।