दुबईमा मे १ मजदुर दिवस सम्पन्न

0
11

 धन सिंह पुलामी युएई

नेपाली एकता समाजको केन्द्रिय प्रतिनिधिको अगुवाइमा दुबई क्षेत्रीय समिति मार्फत आज दुबईमा पनि मे १ को मजदुर दिवस कार्यक्रम सु- सम्पन्न गरेको छ। विशेष आतिथ्य युएई नेपाली एकता समाजका संस्थापक कृष्ण भुसालको उपस्थिति रहेको सो कार्यक्रमका अध्यक्षता शिवराज जैशीले गर्नुभएको थियो भने संचालन महासचिव धन सिंह पुलामीले गर्नुभएको थियो ।

अन्य अतिथिहरुमा समाजसेवी तथा युएई नेपाली एकता समाजका सल्लाहकार यम पुन , रक्तिम बिभागबाट श्रीप्रसाद थापा , महिला बिभाग बाट सरस्वती रिजाल पौडेल रहनु भएको थियो । सहिदहरु प्रति एक मिनेटको मौन धारण पछि शुरु भएको सो कार्यक्रमका बिशेश अतिथि तथा संस्थापक कृष्ण भुसालले ,मइ दिवस तथा मजदुर दिवस केवल खुल्ला मंचमा भाषणमा मात्रै सिमित नरहेर वास्तविक रुपले मजदुरहरुको हकहितको लागी मजदुरहरु कै बीचमा पुगेर जब सम्म गोलवन्द गरिन्न तबसम्म मुक्ति नहुने कुरामा जोड दिनुभएको थियो । मालिक र मजदुरको असमानता दिन प्रतिदिन चुलिदै गएको उल्लेख गर्दै मई दिवसको महत्त्व अरु बढिरहेको बताउनु भएको थियो ।

८ घण्टा काम , ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो बाट शुरु भएको मजदुर आन्दोलनको औचित्य अरु बढ्दै गइरहेको स्पष्ट पार्दै मजदुरहरु एकता नभए सम्म प्राप्त उपलब्धि पनि गुमेर जान सक्ने भएकोले एउटै छाता भित्र गोलवन्द हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

मजदुर दिवस बारेमा आ- आफ्नो धारणा राख्ने अन्य अतिथिहरुमा समाजसेवी तथा सल्लाहकार यम पुन, रक्तिम बिभाग श्रीप्रसाद थापा , महिला बिभाग सल्लाहकार सदस्य सरस्वती रिजाल पौडेलले मजदुर दिवसको महत्त्व बारेमा मन्तव्य राख्नुभएको थियो । अन्तमा , मई दिवस बारे तयार गरिएको अवधारणा पत्र अध्यक्ष शिवराज जैशीले पढेर सुनाए पछि कार्यक्रम बिसर्जन गरिएको थियो ।